हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडा पुतलीबजारमा करेन्ट लागेर एकजना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार बुधबार (आज) धरानचतरा सडकखण्ड अन्तर्गत हटिया तर्फबाट डोजर बोकेर हेटौंडा बजार तर्फ आउदै गरेको ना ८ ख २३११ नम्बरको ट्रकमा सवार एकजनालाई करेन्ट लाग्दा गम्भीर घाइते भएका छन् ।
करेन्ट लाग्ने युवकको नाम,ठेगाना हाल सम्म खुल्न सकेको छैन् यद्यपी घाईतेको अवस्था भने चिन्ताजनक रहेको । हात र पेट डढेको उनलाई थप उपचारको लागि काठमाडौं पठाउने तयारी भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।
डोजर माथी चढेर सडकमा लत्रेको तार मिलाउने क्रममा एक्कासि विद्युत प्रवाह भइरहेको तारमा छुन पुग्दा उनलाई करेन्ट लागेको बुझिएको छ । अहिले घटनास्थलमा वडा प्रहरीको टोली पुगेको छ ।
सेयर गर्नुहोस्






















