२ जना नक्कली परिक्षार्थी मकवानपुर प्रहरीको फन्दामा

हेटौडा टुडे
१९ जेष्ठ २०७९, बिहीबार १८:११

हेटौंडा/मकवानपुर प्रहरीले २ जना नक्कली परिक्षार्थीलाई नियन्त्रणमा लिईएको छ । बिहिबार (आज) बिहान हेटौंडा १ मा रहेको एक स्कूलमा लोक सेवा आयोगको परिक्षा संचालन भईरहेको बेला नियत्रणमा लिईएको मकवानपुर प्रहरीले जनाएको छ ।

लोकसेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परिक्षामा महोत्तरी जिल्लको अभय कुमार यादवको ठाउँमा पोखरा महानगरपालीका वडा नम्बर २ बस्ने ४२ वर्षिय दिपेन्द्र प्रसाद बास्ताकोटीले परिक्षा दिईरहेको फेला पारी नियत्रणमा लिईएको हो ।

बास्ताकोटिलाई नियन्त्रणमा उनको साथमा रहेको झोला चेकजाँच गर्दा ५८ हजार ५०० नगद अभय कुमार यादवको नागरीकता, महोत्तरीका सुजित कुमार साहको नागरीकता, हिरा कुमारीको नागरीकता, विनोद कुमार
महतोकोे नागरीकता र उनको सवारी चालक अनुमती पत्र फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले हेटौंडा ११ स्थित यातायात व्यवस्था कार्यलय हेटौंडाले लिईरहेको मोटरसाईकलको सवारी चालक अनुमती पत्रको परिक्षामा पनि नक्कली परिक्षर्थी फेला पारेको छ । प्रहरीले मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ बस्ने टुकनाथ गौतमको ठाउँमा नक्कली परिक्षार्थी उनका २० वर्षिय छोरा सन्तोष गौतमले परिक्षा दिएको अवस्थामा नियन्त्रणमा लिईएको हो ।

नक्कली परिक्षार्थी द्वय बास्ताकोटी र गौतमलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*