हेटौंडा/नेकपा एमाले नेता अनन्त पौडेलले सामाजिक संजालमा तुच्छ शब्द प्रयोग गर्दै लेखेको स्टाटस माथि यतिबेला चर्को आलोचना भईरहेको छ । संबिधानसभा सदस्य एबं स्थानीय तह निर्वाचन–२०७९ मा हेटौंडा उपमहानगरपालिकामा मेयर पदमा पराजित भएका पौडेलले नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरु फेरबदल गरेको विषयमा स्वास्थ्य मन्त्री बिरोध खतिवडाप्रति लक्षित गर्दै फेसबुकमा स्टाटस लेखेका छन् ।
समाजवादीले स्वास्थ्य मन्त्रीमा भवानी खापुङको नाम सिफारिस गरेको छ । यसै सन्दर्भलाई जोड्दै पौडेलले तुच्छ शब्द प्रयोग गर्दै सामाजिक संजालमा लेखेका छन् ।
उनले लेखेका छन् ,
चौबीस लाख डोज कोभिड भ्याक्सिन हजम गर्ने, अरबौको औषधीको कमिसन झ्वाम्म पार्ने एउटा धुन्दुकारी मनुवाको जागीर खोसिएकै हो त ??
केहि समय पछी उनले उक्त स्टाटसमा लेखिएको धुन्दुकारी शब्द हराएका छन् । उनले यस्तो स्टाटस लेखेपछी सामाजिक संजालमै उनको चर्को आलोचना सुरु भएको छ ।
उनको स्टाटसमा कमेन्ट गर्ने अधिकांसले उनको आलोचना गरेका छन् । कतिले नेता हुनुपर्ने गुण नभएका व्यक्ति भनेका छन् भने कतिले राजनीतिक सस्कार प्रतीनै प्रश्न उठाएका छन्।कोहीले उनलाई उक्त स्टाटस हटाउन सुझाव दिएका छन् भने केहीले उनको हारपछीको आक्रोश व्यक्त गरिएको टिप्पणी गरेका छन् ।






















