हेटौंडा/ सन्चो हस्पिटल प्रा. लि.को अध्यक्षमा युवा ब्यवसायि तथा समाजसेवि बिजय पुडासैनि सर्वसम्मत चयन भएका छन् । हस्पिटलको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले पुडासैनिलाई अध्यक्षमा चयन गरेको हो।
निवर्तमान अध्यक्ष राजेश बानियाँ हेटौडा उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित भईसकेपछि बानियाको कार्य व्यस्तताले गर्दा हिजो सम्पन्न सञ्चालक समितिको बैठक पुडासैनी सर्वसम्मत चयन गरिएको हो ।
अटो मोवाईलको क्षेत्रमा एक दशक भन्दा लामो समय देखि सक्रिय रहेका पुडासैनि हस्पिटल ब्यबसाय क्षेत्रमा बिगत दूई बर्ष देखि निरन्तर सक्रिय रहेका छन । हस्पिटलको अध्यक्ष चयन भएपछि पुडासैनिले स्वास्थ्य क्षेत्रमा विशिष्ट स्थान बनाएको सन्चो हस्पिटललाई मकवानपुरको नमुना हस्पिटल बनाउने बताए। यसका लागि उनले आगामी दिनमा जनस्वास्थ्यलाई ध्यान दिई उच्च प्रविधि भित्र्याउने, चिकित्सकको क्षमता वृद्धि र सेवा प्रवाहमा थप प्रभावकारी कार्यक्रम ल्याउने, गरिब र असहायलाई सहुलियत र नि: शुल्क उपचार सेवा प्रदान गर्ने प्रतिबद्धता पुडासैनि व्यक्त गरेका छन्।