स्वास्थ्य तथा जनसंख्या मन्त्रालयस्तरीय मंगलबार बसेको बैठकले भोलिदेखि बुस्टर डोज दिने निर्णय गरेको हो । १२ देखि १७ वर्षसम्मका बालबालिकाका लागि कोरोनाविरुद्धको बुस्टर डोज दिइनेछ । बालबालिकाका लागि पहिलो तथा दोस्रो डोज मोर्डना र फाइजर खोप दिएको छ । परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले मोर्डना र फाइजर खोपको दुई मात्रा लगाइ तीन महिना पुरा भएकालाई खोप लगाइने जानकारी दिए ।
यस्तै, स्वास्थ्य मन्त्रालयले असार ९ बाट ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने तयारी थालेको छ।खोप शाखा प्रमुख दाहालका अनुसार सो समूहका बालबालिकालाई फाइजर खोप दिइनेछ।
सेयर गर्नुहोस्






















