देउवाले सप्तरीका रामदेव तेलीलाई कारवाही गर्न निर्देशन

हेटौडा टुडे
२७ जेष्ठ २०७९, शुक्रबार १५:३६

हेटौडा। प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई कारवाही गर्न निर्देशन दिएका छन् । सांसदहरुले उनलाई कारवाही गर्न माग गरेपछि प्रधानमन्त्री देउवाले तत्काल पक्राउ गरी कारवाही गर्न निर्देशन दिएका हुन् ।
सर्वसाधारणसँग चर्को ब्याज लिई तेलीले दुःख दिने गरेको गुनासो छ । यसबारे अनुसन्धान अघि बढाउन देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका छन् । तेलीले सर्वसाधरणको उठिवास लगाउने गरेको समाचार बाहिर आएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*