मकवानपुरगढीमा नदीजन्य पदार्थ उत्खननबाट २८ लाख राजस्व संकलन

हेटौंडा टुडे
२९ जेष्ठ २०७९, आईतवार ११:१०

हेटौडा । मकवानपुरगढी गाउँपालिकाले नयाँ नेतृत्वको सरकार आएपछि नदीजन्य पदार्थ उत्खननबाट २८ लाख राजस्व संकलन गरेको छ । २४ गते बसेको कार्यपालिका बैठकको निर्णयानुसार तीन दिन खनिएको नदीजन्यपदार्थ उत्खनन्बाट २८ लाख १६ हजार ७३ रुपैयाँ राजस्व संकलन भएको राजस्व तथा योजना शाखा प्रमुख प्रकाश न्यौपानेले बताए । उनले गतवर्षकै विभिन्न क्रसर तथा बालुवा उद्योगबाट उठाउन पुरानो बक्यौता रकम मध्येबाट ३५ लाख पनि संकलन गरिएको न्यौपानेले बताए । बाकीँ बक्यौता रकम असार १५ मा जम्मा हुने गरी सहमती गरिएको समेत उनले बताए ।

कार्यपालिका बैठकले निर्णय गरि सामरी खोलाको विभिन्न चार स्थानमा उत्खनन गरीएको पालिका उपाधयक्ष एंव राजस्व परार्मश समितिका संयोजक मानकुमारी पाख्रीनले बताइन् । हामीले २ लाख ७६ हजार ९ सय सेफ्टी उत्खनन् गरेका छौं सोही अनुरुपको राजस्व गाउँपालिकामा जम्मा भएको बताइन् । अघिल्लो सरकारले विक्री पश्चातको राजस्व उठाउन नसकेको र ताकेतामा ध्यान नदिएकाले क्रसर उद्योग सँग बक्यौता रकम समेत उठाउने सर्तमा हामीले नदीजन्य पदार्थ उत्खनन गरी विक्री गरेको उनले बताइन् ।

अघिल्लो सरकारले लक्ष्य अनुसार आन्तरिक राजस्व संकलन गर्न नसकेकाले उपभोक्ता समिति मार्फत निर्माण भएका विकास निर्माणका कामहरुको भुक्तानी दिन समस्या रहेका अवस्थामा हामी जेष्ठ मसान्त सम्म खोला उत्खनन गरी केही राहत हुने उद्देश्य थियो तर बर्षाले गर्दा खोलाको बहाव बढ्दै गएकाले तीन दिन मात्रै उक्त कार्य गरिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*