मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

हेटौंडा टुडे
२०७९ जेष्ठ २९, आईतवार १३:२७ गते

हेटौडा। सभामुख अग्निप्रसाद सापकोटाले खेतीको समयमा पनि किसानले मल नपाएको गुनासो बढेको भन्दै यथाशीघ्र मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्  । प्रतिनिधिसभाको आजको बैठकको समयमा सांसदले किसानले मल तथा बीउ नपाएको भनी संसद्मार्फत सरकारको ध्यानाकर्षण जनाउँदै शीघ्ररुपमा मलखादको व्यवस्थापन गर्न आग्रह गरे। सभामुख सापकोटाले  भने माननीय सदस्य ले उठाउनु भएको कुरामा मेरो ध्यानाकर्षण भएको छ, यथाशीघ्र किसानलाई मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु”।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*