भारी वर्षा, सतर्कता अपनाउन आग्रह

हेटौंडा टुडे
३१ जेष्ठ २०७९, मंगलवार १०:४०

हेटौडा । आज दिउँसो प्रदेश-१ का धेरै स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज राति पनि प्रदेश-१ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । मधेस प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*