हेटौडा । चितवन भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने २३ बर्षकी रेखा बस्नेतलाई बिहीबार बिहान बाघले वेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले जानकारी दिए, बाघले बेपत्ता बनाएकी बस्नेत पूर्वम्यादी प्रहरी हुन् . स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बस्नेतसहित १० जना महिला निउरो टिप्न गएका थिए । इलाका प्रहरी कार्यालय दिब्यनगर, इलाका प्रहरी कार्यालय फूलवारीबाट प्रहरी तथा खड्क दल गणबाट सेनाको टोली बस्नेतको खोजीका लागि गएको छ । जंगलभित्र थप खोजीका लागि हात्ती मगाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता अधिकारीले बताए ।
सेयर गर्नुहोस्






















