हेटौडा। इन्डियन आयल कर्पोरेशन आइओसी ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ । आइओसीले पठाएको मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ तीन पैसा र हवाई इन्धनमा प्रतिलिटर ९१ रुपैयाँ ९१ पैसा बढेको छ । नयाँ मूल्य सूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा, डिजेलमा ३७ रुपैयाँ १६ पैसा र हवाई इन्धन आन्तरिकमा २ रुपैयाँ ७० पैसा घाटा रहेको छ ।
पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर उकालो लाग्दै गएको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरण सहज बनाउन पेट्रोलियम पदार्थको खुद्रा बिक्री लागत मूल्य सरह नै हुने गरी कायम गर्नुपर्ने स्थिति रहेको निगमले जनाएको छ ।
सेयर गर्नुहोस्