लियो क्लब अफ हेटौंडा सुर्योदय क्लासिकको अध्यक्षमा धिताल चयन

हेटौंडा टुडे
२०७९ असार ४, शनिबार १७:५८ गते

हेटौंडा ।  लियो क्लब अफ हेटौंडा सुर्योदय क्लासिकको अध्यक्षमा प्रबेश धिताल ‘कुन्दन’ चयन भएका छन् ।शनिबार बसेको बैठकले आगामी लायन वर्ष २०२२ र २३ को लागि धितालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

क्लबको प्रथम उपाध्यक्षमा मनकामना पुडासैनी, द्वितीय उपाध्यक्षमा सुजन ढुंगाना, तृतीय उपाध्यक्षमा भुवन घलान, सचिवमा मन्जु क्षेत्री, कोषाध्यक्षमा सुजन अधिकारी, सह-सचिवमा सागर सापकोटा र सह- कोषाध्यक्षमा मन्दिरा तिमल्सिनालाई चयन गरिएको छ ।

क्लबका वर्ष २०२१र२२ का अध्यक्ष पारस पाठकको सभाध्यक्षता रहेको बैठकमा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका एरिया चिफ किशोर कुमार टण्डन, लियो जिल्ला परिषद् ३२५ बी २ नेपालका रिजन चेयरपर्सन शुभम लम्साल ‘विप्लव’ लगायतको उपस्तिथि रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*