मोफसल चलचित्र पत्रकारिता पुरस्कारबाट श्रीराम अर्जून पुरस्कृत

हेटौडा टुडे
४ असार २०७९, शनिबार २२:२६

हेटौंडा । पत्रकार श्रीराम अजुर्न चलचित्र पत्रकार संघ नेपालद्वारा मोफसल चलचित्र पत्रकारिता पुरस्कार आज पुरस्कृत भएका छन ।
उनि सुञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीबाट २५ हजार नगद सहित मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कृत भएका हुन ।

पुरस्कृत हुनेहरुमा २०७७ बाट वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय र राजन घिमिरे, चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट दिवाकर मैनाली र राजन दाहाल त्यस्तै चलचित्र पत्रकारिता सम्मान २०७८बाट सुव्रतराज आचार्य र सन्दीप सापकोटा, चलचित्र पत्रकारिता पुरस्कार २०७८बाट कुमार आचार्य र गीता अधिकारी,चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८ बाट मनोज न्यौपाने र मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७८ बाट पोखराका रेम रसाइलीलाई प्रदान गरिएको थियो ।

त्यस्तै चलचित्र पत्रकारिता सम्मान २०७९ बाट राजाराम फुयाँल र लक्ष्मण सुवेदी, चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट नेमिष गौतम र विष्णु प्रसाद सुवेदी, चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९ बाट उद्वव रसाइली र मोफसल चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । चलचित्र पत्रकारिता पुरस्कार ५१ हजार राशी र मोफसल चलचित्र पत्रकारिता पुरस्कार २५ हजार राशी प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*