हेटौडा। कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा पहिलो चरणमा फाइजर खोप नेपाल ल्याइएको छ। पाँचदेखि ११ वर्षका बालबालिकालाई लगाउनका लागि २२ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको हो। खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गरी टेकु कोल्डचेनमा राखिने स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए । । थापाका अनुसार वाग्मती प्रदेशका ७ जिल्लामा आवश्यक पर्ने खोप टेकुमा राखी अरू जिल्लामा आज नै पठाइनेछ ।
सेयर गर्नुहोस्