पेट्रोलको मूल्य १९९ रुपैयाँ पूग्यो

हेटौंडा टुडे
२०७९ असार ६, सोमबार ११:३३ गते

हेटौंडा । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरि निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ ।निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ ।
निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*