हेटौडा । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले काठमाडौंमा हैजा देखिएको र यो बढ्न पनि सक्ने भएकाले नियन्त्रणमा तत्काल ध्यान दिन सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले भनिन्, ‘काठमाडौंमा नै हैजा देखिएको छ। यसलाई नियन्त्रण गर्न सुरक्षित खाना, पानीको शुद्धीकरण, फोहोरमैलाको तुरुन्त व्यवस्थापन लगायतमा विशेष स्वास्थ्य रणनीति सरकारले अपनाओस्।’
हिजो आइतबारमात्रै काठमाडौंमा हैजाका बिरामी भेटिएको पुष्टि भएको थियो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले दुई जनामा हैजा रोगको जीवाणु पत्ता लागेको जानकारी गराएको हो। उनीहरू दुवै जना काठमाडौं महानगरपालिका बागवजारमा बसोवास गर्दै आएका एकै परिवारका सदस्य हुन्। उनीहरू दुवै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ।
सेयर गर्नुहोस्






















