हेटौडा । मकवानपुरगढी गाउँपालिकाको कृषि विकास अधिकृत चन्द्रकान्त चौधरी बागमती प्रदेशकै उत्कृष्ट कृषि प्राविधिकको रुपमा सम्मानित हूनूभएको छ । कृषि विभाग, हरिहर भवन र नेपाल कृषि प्रसार समितिको आयोजनामा यही असार ३ र ४ गते काठमान्डौमा संचालन भएको “प्रभावकारी कृषि प्रसार सेवा प्रवाहको लागि कृषि अनुसन्धान”, प्रसार र शिक्षाको समन्वय र सवलीकरण विषयक कार्यशाला गोष्ठीको अवसरमा बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा बागमती प्रदेशबाट उत्कृष्ट कृषि प्राविधिकको रुपमा चौधरीलाई सम्मान गरिएको हो । मकवानपुरगढी गाउँपालिकाको कृषि शाखाको प्रमुख समेत रहेका चौधरीले मकवानपुरगढीमा माटो परिक्षणदेखि किसान क्रेडिट कार्ड लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।
सेयर गर्नुहोस्