श्रीवास्तवलाई बन्धक बनाई राखेको आरोपमा तीन जना पक्राउ

हेटौडा टुडे
८ असार २०७९, बुधबार १५:३५

हेटौडा । शरीर बन्धक बनाई पैसा माग गरेको आरोपमा मकवानपुर प्रहरीले हेटौंडाबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित ट्राभल होटल एण्ड लजको रुम नम्वर १०७ मा एक पुरुषलाई बन्धक बनाई राखेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हेटौंडा–१५ बस्ने २९ वर्षीय सुरेश लामा, हेटौंडा–१२ बस्ने २१ वर्षीय समिर बल र २८ वर्षीय अशोक लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, उनीहरुलाई पर्साको बिरंगज महानगरपालिका वडा नम्वर १९ बस्ने २७ वर्षीय अमन कुमार श्रीवास्तवलाई बन्धक बनाई घरमा फोन सम्पर्क गर्न लगाई पैसा माग गरेको आरोपमा पक्राउ गरेको हो ।प्रहरीका अनुसार, उनीहरुले अमनलाई गत जेठ २९ गतेदेखि उक्त होटलमा बन्धक बनाई राखेका थिए । पक्राउ परेका उनीहरुलाई मकवानपुर जिल्ला अदालतबाट दिन ५ ९पाँच को म्याद लिई थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*