हेटौंडामा ‘प्रसुती अस्पताल’ निर्माण गरिने

हेटौंडा टुडे
२०७९ असार १२, आईतवार २०:५९ गते

हेटौंडा  । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतबार नगरसभाबाट उप–प्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गरेका हुन् ।

उपमहानगरपालिकाले आगामी आवको लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८ सय २० रुपैँयाको बजेट ल्याएको छ । आज भएको नगरभामा हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानीयाँले आर्थिक वर्ष २०७९/ ०८० को नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै संघीय र प्रदेश सरकारसँगको समन्वय र सहयोगमा उपमहानगरपालिका क्षेत्रभित्र सम्भाव्यता अध्ययनको आधारमा सुविधा सम्पन्न प्रसुती अस्पताल निर्माण र स्वास्थ्य संस्थाहरुबाट सुरक्षित मातृत्वको लागि बर्थिङ्ग सेन्टर सञ्चालन गर्न रु १ करोड विनियोजन गरिएको बताएका छन् ।

साथै बजेटमा कार्यालय तथा प्रशासनिक खर्च तर्फ ३३ करोड ५७ लाख ८९ हजार बजेट विनियोजन भएको छ । सामजिक विकास तर्फ ८३ करोड ६७ लाख १७ हजार, पूर्वाधार विकासतर्फ १ अर्ब ८ करोड ४२ लाख रुपैँया विनियोजन भएको छ । वन तथा वातावरणतर्फ १२ करोड ६ लाख ८० हजार र शुसासन तथा संस्थागत विकासतर्फ ७ करोड ३३ लाख ५० हजार रुपैँया बजेट विनियोजन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*