हेटौडा । मौसमअनुसार छालालाई उचित हेरचाह गर्नुपर्छ र मनसुनको समयमा अझ बढी यसलाई ध्यान दिनुपर्छ । यस सिजनमा गर्मीका कारण धेरै पसिना आउनाले छालामा चिल्लोपना बढ्छ । छालामा चिल्लोपन बढ्दा चाया, पोतो, छालासम्बन्धी संक्रमण आदिले यसलाई बिगार्छ । यदि तपाईको छालामा बढी तेलीय पदार्थ आउँछ भने यस्तो छालामा धुलोमाटोले सजिलै संक्रमण गराउँछ । त्यसैले यस्तो मौसममा छालाको स्याहारमा विशेष ध्यान दिनुपर्छ ।
यस्ता छन् छालाको सुरक्षा गर्ने घरेलु उपायः
१ दिनहुँ काँचो दुधले अनुहार सफा गर्नु पर्छ ।
२ गुलाब जलमा मुल्तानी माटोको प्रयोग गर्नाले अनुहारमा चमक आउने गर्छ ।
३ चन्दनको पेस्टको प्रयोग गर्नुपर्छ ।
४ दही र ओट्सको पेस्ट अनुहारमा लगाउनाले पनि छालामा निखारता ल्याउँछ ।
सेयर गर्नुहोस्






















