विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित

हेटौंडा टुडे
१४ असार २०७९, मंगलवार १५:०९

हेटौडा। अविरल वर्षासँगै आएको बाढीका कारण विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा १७५ परिवार विस्थापित भएका हुन् ।बाढीका कारण विस्थापित भएकाहरूलाई सुरक्षित स्थानमा सारिएको श्रेष्ठले बताए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएका हुन् । ।कटहरी गाउँपालिका मा १७५ परिवार विस्थापित भएका छन् । कटहरी  को टाइगरटोलमा ६०, हनुमान मन्दिर एरियामा ४० र नारी विकास संघ एरियाका ३० परिवार विस्थापित भएका छन् ।  वर्षा जारी रहेकाले खोला किनारका बस्तीहरुलाइ सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*