आगो लगाएको आरोपमा चनारा पक्राउ

हेटौडा टुडे
१५ असार २०७९, बुधबार १२:१३

हेटौडा । तुलसीपुर उपमहानगरपालिका बेलुवाका ४२ वर्षीय उज्वल चनारा ले श्रीमती माया श्रेष्ठलाई आगो लगाएको अभियोगमा मंगलबार पक्राउ परेका हुन् ।चनाराले मंगलबार दिउँसो घरमै शरीरमा पेट्रोल छर्केर आगो लगाइदिएको श्रीमतीले बताएकी छिन् । उनको हात र खुट्टा जलेको छ । श्रीमतीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र श्रीमान्लाई नियन्त्रणमा राखेको इलाका प्रहरी कार्यालय तुलसीपरका प्रमुख डीएसपी श्यामु अर्यालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*