गाउँपालिका क्षेत्रका विद्यालय बन्द

हेटौंडा टुडे
१५ असार २०७९, बुधबार १४:२३

हेटौडा । लगातारको वर्षासँगै आएको बाढी तथा डुबानका कारणले सुनसरीको इनरुवा तथा देवानगञ्ज गाउँपालिका क्षेत्रका विद्यालय बन्द गरिएको छ । दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारणले सुनसरी सदरमुकाम इनरुवाका विभिन्न वडा क्षेत्र डुबानमा परेको र बालबालिकालाई विद्यालय जानका लागि समस्या हुने भएकाले विद्यालय बन्द गरिएको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिए । डुबानका बेलामा विद्यालय जाने क्रममा बालबालिकामाथि हुन सक्ने सम्भावित जोखिम हुन नदिनका लागि  इनरुवा क्षेत्रका निजी तथा सामुदायिक विद्यालय बन्द गरिएको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*