हेटौंडा । बुधबार हेटौंडा ५ स्थित जेनिथ इन्टरनेशनल विद्यालयका ५४५ जना विद्यार्थीहरुको आँखा परिक्षण गरिएको छ । । आँखा अस्पताल गेटमा रहेका शान्ति अप्टिकल सेन्टरको प्राविधिक सहयोगमा विद्यार्थीहरुको आँखा परिक्षण गरिएको सञ्चालक सुदीप सिं ठकुरीले बताए । हामीले विभिन्न विद्यालयमा निशुल्क डाक्टर सहित निशुल्क आँखा परिक्षण गर्दै आइरहेका छौ सोही क्रममा बुधबार जेनिथ इन्टरनेशनल र हेटौंडा सिटी कलेजमा कार्यक्रमको आयोजना गरिएको ठकुरीले बताए ।
डाक्टर हृतिक भट्टराई सहितको टोलीले आँखा परिक्षण, निशुल्क आईड्रप प्रदान गरिएको थियो । शिविरमा विद्यालयका प्रिन्सीपल श्री बहादुर कार्की लगायत विद्यालयका शिक्षकहरुको उपस्थिती रहेको थियो ।
सेयर गर्नुहोस्






















