बागमती प्रदेश सभाको बजेट बहूमतले पारित

हेटौंडा टुडे
२०७९ असार १६, बिहीबार १६:२१ गते

हेटौडा । प्रदेश सभाको बिहीबार बसेको बैठकमा बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९र०८० को लागि ल्याएको विनियोजित बजेट बहुमतले पारित भएको छ । बैठकमा सभामुख सानुकुमार श्रेष्ठलेले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेललाई उक्त विधेयक संसदमा पास गरियोस् भनि प्रस्ताव पेश गर्न अनुमति दिएका थिए ।

आर्थिक मन्त्री जम्मकट्टेलले उक्त विधेयक पारित गरियोस् भनि संसद्मा प्रस्ताव पेश गरेकोमा बहुमतले पारित गरेको हो । प्रदेश सरकारले आगामी आवको लागि कुल ७० अर्ब ९३ करोड रुपैयाँ अनुमानित बजेट ल्याएको छ । गत असार १ गते बसेको प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री जम्मकट्टेलले सरकारको तर्फबाट उक्त बजेट सार्वजनिकरणी गरेका हुन् । सरकारको आवको लागि कुल ७० अर्ब ९३ करोड रुपैयाँको बजेटमध्ये चालुतर्फ १९ अर्ब २ करोड रुपैयाँ, पुँजिगततर्फ ४१ अर्ब ५६ करोड रुपैयाँ, वित्तिय हस्तान्तरण तर्फ ८ अर्ब रुपैयाँ र वित्तिय व्यवस्थापन तर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*