हेटौंडा । कान्तिलोक पथ राधाकृष्ण मन्दिर नजिक दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटनाग्रस्त हुदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। बिहीबार दिउँसो सानोपोखराबाट क्याम्पाडाँडा तर्फ जाँदै गरेको ना ५१ प ७३५९ नम्बरको मोटरसाइकल र बिपरित दिशा बाट आउदै गरेको बागमती प्रदेश(०३( ००४ प १५९९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर दुर्घटनाग्रस्त हुँदा बागमती प्रदेश(०३( ००४ प १५९९ नम्बरको मोटरसाइकल चालक हेटौडा १८ फुर्केचौर बस्ने २५ बर्षीय विशाल थापाको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।
थापाको उपचारको क्रममा सन्चो अस्पतालमा ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताएका छन्।
दुर्घटनामा ना ५१प ७३५९ नम्बरको मोटरसाइकलका २५ बर्षीय लक्षमण आचार्य र चालक हेटौडा १८ बस्ने २३ बर्षीय सुमन थापा घाइते रहेको जनाइएको छ।घाइते दुवैको हेटौंडाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।






















