आधा जलेको शव प्रहरीको नियन्त्रणमा

हेटौडा टुडे
१६ असार २०७९, बिहीबार १७:४३

हेटौडा । पर्साको बहुदरमाई नगरपालिकाबाट प्रहरीले जलाउँदै गरेको अवस्थामा १४ वर्षीया किशोरीको शव नियन्त्रणमा लिएको छ। प्रहरीले छपकैया टोलबाट आधा जलेको किशोरीको शव नियन्त्रणमा लिएको हो। बुधबार राति ११ बजे किशोरीका आफन्तले घाटमा शंकास्पद अवस्थामा लगेर जलाइरहेको अवस्थामा प्रहरीलाई खबर पुगेको थियो।

किशोरीको मृत्यु शंकास्पद भएकोले तत्कालै घटनास्थलमा पुगेको प्रहरीले आधा जलेको किशोरीको शव नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए। किशोरीको मृत्यु शंकास्पद देखिएकोले अनुसन्धानको लागि उनकी आमा, दिदी र ठूलीआमालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको कार्कीले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*