मनहरीबाट १५ किलो गाँजा सहित २ जना पक्राउ

हेटौडा टुडे
१६ असार २०७९, बिहीबार १८:०६

हेटौंडा । मकवानपुर प्रहरीले मनहरी गाउँपालिकाबाट लागुऔषध सहित २ जना पक्राउ गरेको छ । मनहरीबाट खटिएको प्रहरी टोलीले जिल्ला मनहरी ज्यामिरे जङगलेश्वर मन्दिर स्थित चितवनबाट हेटौंडा तर्फ आउदै गरेको ना ७ ख ६०५९ नंबरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा लागुऔषधसहित २ जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन राप्ति मा बस्ने २६ वर्षीय ईन्द्र बहादुर प्रजा र २३ वर्षीय अकल बहादुर प्रजा रहेका छन् । पक्राउ परेका दुबैजनामाथि आवश्यक कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*