बुदुने खोलामा झोलुङ्गे पुलको उद्घाटन

हेटौडा टुडे
१८ असार २०७९, शनिबार १६:३१

हेटौडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ को बुदुने खोलामा निर्माण गरिएको झोलुङ्गे पुलको शुक्रबार उद्घाटन गरी सञ्चालनमा आएको छ । ११८ मिटर लम्बाईमा निर्माण गरिएको पुल पालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले उद्घाटन गरेका हुन् । एक कार्यक्रमका बीच पुलको उद्घाटन गरिएको हो । उक्त पुल निर्माण पश्चात वडा नम्बर १को उक्त क्षेत्रका ३०९ घरधुरी लाभान्वित हुनेछन् ।राडो नेपालको सामाजिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको पुल निर्माणको लागत ५० लाख १६ हजार ११३ रुपैयाँ लागेको वडा अध्यक्ष आइतसिं लोले बताए । पालिकाको बजेट, जनसहभागिता, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम लगायत अन्य रकमबाट उक्त पुल निर्माण गरिएको अध्यक्ष लोले बताए चलिसे खोला र जिम्मर खोला समेट्ने गरी पुलको निर्माण गरिएकाले स्थानीयबासीहरुलाई आवातजावतमा सहज पुगेको छ ।

उद्घाटन कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, वडा अध्यक्ष आइतसिं लो, कार्यपालिका सदस्य फुलमाया टुप्पा, वडा सदस्यहरु सोमलाल बुलुन, सुन्तली विक, लाल बहादुर लामा, राडो नेपालका राजन दाहाल, पालिका इन्जिनियर तिलक तिमल्सिना, टोल विकासका अध्यक्ष, शिक्षक तथा बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*