विद्यालयमा युवती झून्डिएको अवस्थामा

हेटौडा टुडे
१९ असार २०७९, आईतवार ११:४४

हेटौडा । राजधानीको एउटा विद्यालयमा कार्यरत एक युवतीले पासो लगाएकी छन् । शंखमुलस्थित केएमसी स्कुलको छात्रावासमा रहेको भान्छामा काम गर्ने युवती हिजो राति पासोमा झुण्डिएकी हुन् ।काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका ८ घर भइ हाल बुद्धनगर बस्ने अन्दाजी २१ वर्षकी रमा रायमाझीले सलको पासो लगाएकी हुन्

काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीका अनुसार प्रहरीको फरेन्सिक टोलीले आवश्यक अनुसन्धान गरिरहेको छ । परिवारजनले आफ्नी चेलीलाई स्कुल प्रशासनले मारेको आरोप लगाएका छन् । शवको प्रकृति हेर्दा नै हत्या भएको स्पष्ट हुने एक आफन्तले बताइन् । प्रहरीले छानबिन अगाडि नबढाएसम्म शव नबुझ्ने उनी बताउछिन् । घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाही हुनुपर्ने मृतकका आफन्तहरुको माग छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*