हतियारसहित दुई युवक पक्राउ

हेटौंडा टुडे
२०७९ असार २३, बिहीबार १२:१५ गते

हेटौडा । प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका–१ ननसगरा ढाट गाउँबाट हतियारसहित २ जनालाई पक्राउ गरेको छ ।स्थानीय अनिल मुखिया र धिरज मुखियाले कटुवा पेस्तोल लिएर स्थानीयहरुलाई तर्साइरहेको अवस्थामा बुधबार बेलुका घेरा हालेर उनीहरुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक देवराज काफ्लेले बताए ।

उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।स्थानीयहरुको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । सिमावर्ती सिम्रौनगढ नगरपालिका क्षेत्र आसपासमा यस्ता हतियार बरामद र हतियार बोक्नेहरु पटकपटक पक्राउ पर्ने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*