विद्यार्थीलाई लागुऔषध विरुद्धबारे सचेतना

हेटौंडा टुडे
१३ श्रावण २०७९, शुक्रबार १२:३४

हेटौडा । हेटौंडामा रहेको बसामाडी जेसीजको जेसीज सप्ताह कार्यक्रम अन्तरगत शुक्रबार लागुऔषध दुव्र्यसन विरुद्धको सचेतना कार्यक्रम भएको छ । बसामाडी जेसीजका अध्यक्ष चिराग अग्रवालको अध्यक्षतामा तथा हेटौंडा वडा नम्बर ३ का अध्यक्ष ढलक बहादुर थापाको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।

हेटौंडा ३ बसामाडीमा रहेको महेन्द्र किरण माध्यामिक विद्यालयमा लागु लौषध दुव्र्यसन विरुद्धको सचेतना कार्यक्रम गरिएको कार्यक्रम संयोजक विप्लप लम्सालले बताए । विद्यार्थीहरुलाई सहभागिता गराई लागुऔषध सम्बन्धी जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको लम्सालले बताए ।

कार्यक्रममा विद्यालयका अध्यक्ष हर्कबहादुर पाख्रीन, विद्यालयका प्रअ तारा गौतम, सहायक प्रअ रामप्रसाद महत, सियान पुर्नस्थापना केन्द्रका सञ्चालक सौजन डिसी, २०२१ का अध्यक्ष सरोज अधिकारी, नेपाल भारत मैत्री संघका केन्द्रीय कोषाध्यक्ष प्रविण मैनाली, महासचिव जनक शर्मा, मुल कार्यक्रम संयोजक सरोज डङ्गोल, सह संयोजक मनिष घिमिरे लगायत जेसीजका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

जेसीज सप्ताह कार्यक्रम अन्तरगत आजै होर्डिङ बोर्ड स्थापना पनि गरिएको छ । जेसीज सप्ताह कार्यक्रम अन्तरगत भोली शनिबार जेसीज सप्ताह एक कार्यक्रमका बीच समापन गरिने जनाइएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*