हेटौडा । सर्पको टोकाइबाट झापामा एक महिला स्वास्थ्य स्वयंसेविकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका स्थित बनियागाँउ निवासी ५१ वर्षीया रुपा मैनाली उप्रेती रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार बिहीबार राती साढे ११ बजे उप्रेतीलाई घरभित्रै विषालु सर्पले बायाँ खुट्टामा डसेका थिए ।सर्पको डसाइबाट घाइते भएकी उनलाई उपचारका लागि सर्प दंश उपचार केन्द्र चारआली पठाएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा लगिएको र उनको सोही अस्पतालमा उपचारको क्रममा मध्यराती साढे १२ बजे मृत्यु भएको डीएसपी पाठकले बताए ।
सेयर गर्नुहोस्






















