जनार्दन शर्मा फेरी अर्थमन्त्री बन्दै

हेटौंडा टुडे
१५ श्रावण २०७९, आईतवार १५:०५

हेटौडा। नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्ने भएका छन्  । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकबाट उनको नाम अनुमोदन भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएका छन् ।त्यस्तै, उनले आजै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिने स्रोतले जनाएको छ ।

करका दर हेरफेर प्रकरणमा मुछिएपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए ।त्यसपछि उनीमाथि छानबिनका लागि संसदीय विशेष समिति बनेको थियो । समितिले छानबिन गर्दै शर्मा निर्दोष भएको निष्कर्ष निकालेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*