पहिरोले पुरिएर युवकको मृत्यु

हेटौंडा टुडे
२०७९ श्रावण १६, सोमबार ११:१९ गते

हेटौडा। पहिरोले पुरिएर पोखरामा एक युवकको मृत्यु भएको छ। मृत्यू हूनेमा २६ वर्षीय सन्तोष सुनार रहेका छन्। वडा नम्बर ६ पधेंरोबस्ने लक्ष्मी खड्का क्षेत्रीको घरको पछाडि पहिरो आई घरको कोठा भत्किएर घाइतेमध्ये एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

पहिरोले घर भत्किएको सूचना आएपछि प्रहरी टोली घटनास्थल पुग्दा कोठामा डेरा गरी बस्ने कास्की माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ भुर्जुङखोला,तातोपानी घर भएकी वर्ष २७ की सुनिता सुनार घाइते अवस्थामा उद्धार गरी थियो। त्यस्तै उनकी १० वर्षीया छोरी की सुनारको सकुशल उद्धार गरेको प्रहरीले जानकारी दिएको छ। तर सुनिताका भाइ २६ वर्षीय सन्तोष सुनार पहिरोले पुरिएको अवस्थामा उद्धार गरी अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*