मुग्लिन नारायणगढ सडक अवरुद्ध

हेटौंडा टुडे
२०७९ श्रावण १७, मंगलवार १०:५६ गते

हेटौडा। विगत दुई दिन देखीको अविरल बर्षाका देशका विभिन्न राजमार्ग अवरुद्ध बनेका छन्। सडकखण्ड अन्तर्गत पहिरो खसेको कारण यतिबेला मुग्लिन(नारायणगढ सडकखण्ड पुर्ण रुपमा अवरुद्ध बनेको छ भने पृथ्वी राजमार्ग एकतर्फी संचालनाम रहेको छ। अरनिको राजमार्ग पनि अवरुद्धनै रहेको छ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरका खहरेमा पानीको बहाव उच्च रहेको छ यद्यपि बुटवल(नारायणगढ सडकखण्डमा सवारी साधन सञ्चालनमा रहेका छन्।
यता बर्षाका कारण मुग्लिन(नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका(२९ केराबारी, १७ किलो र इच्छाकामना गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने पुलमा पहिरो खसेका कारण नारायणगढ(मुग्लिन सडकखण्डमा पहिरो खस्दा गएराति देखि नै आवागमन पूर्णरुपमा अवरुद्ध भएको हो ।
पहिरो हटाउने पहल भइरहेको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले जनाएका छन्। सडकखण्ड अवरुद्ध हुँदा गन्तव्यमा हिडेका सवारी रातिदेखि रोकिएका छन् ।
त्यसैगरीपृथ्वी राजमार्ग अन्तर्गत धादिङस्थित बेनिघाट रोराङ गाउँपालिका(१० तिङ्ग्राङ खानीमा आज बिहान तीन बजे पहिरो खसेकाले सवारी आवागमन एकतर्फी संचालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ।
त्यसैगरी धादिङकै धुनिबेशी नगरपालिका(९ अन्तर्गत निर्माणाधिन सुरुङमार्ग नजिकै गएराति खसेको पहिरो भने पन्छाइएको छ।पहिरो पूर्णरुपमा हटाएर दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*