खोलाले बगाएर एक जना बेपत्ता

हेटौंडा टुडे
२०७९ श्रावण १७, मंगलवार १८:४२ गते

हेटौडा । पौडी खेल्ने क्रममा झापामा खोलाले बगाएर एक जना बेपत्ता भएका छन्। गौरादह नगरपालिका र कमल गाउँपालिकाको सीमानामा रहेको ढ्याङ्गरी खोलामा पौडी खेल्दा खोलाले बगाएर १८ वर्षीय उज्वल खरेल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।कमल गाउँपालिका १ स्थित सो खोलामा उनी मंगलबार दिउँसो २ बजे साथीहरूसँग पौडी खेल्न सो खोलामा पसेका थिए। साथीहरू पौडिएर निस्किएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय झापाको टोली, सशस्त्र प्रहरीको टोली र स्थानीयवासी समेत परिचालित भएका छन्। प्रहरीका अनुसार उनको अवस्था अज्ञात छ। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*