हेटौडा। अविरल वर्षासँगै आएको भेल बाढीले कोशी नदीको बाध फुट्दा तिन जिल्लाका विभिन्न स्थान डुवानमा परेको छ भने बाढी बस्तीमा पसेको छ। बुधबार बिहान ४ बजेको समयमा उदयपुरको बेलका नगरपालिका लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको बाँध फुटेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले जानकारी दिएका छन्।
बाध फुटेसँगै बेलका नगरपालिका १, २, ३, ८, ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका(६ र सप्तरीको केही क्षेत्र डुबानमा परेको प्रजिअ यादवले जानकारी दिएका छन्।
सम्भावित घटनालाई मध्यनजर गरेर नदी किनारका बस्तीलाई सुरक्षित स्थानमा सारिएको र बाँकी रहेका बस्तीमा पनि माईकिङ गर्ने काम सुरु गरिसकेको र हाल सम्म कुनै पनि मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी यादवले बताएका छन्।अहिले नेपाली सेना,सशस्त्र प्रहरी ,नेपाल प्रहरी र स्थानीयको समन्वयमा बाढी प्रभावित क्षेत्रमा मानिसलाई उद्धार कार्य भइरहेको स्थानीय प्रशासनले जनाएको छ। यता सुनसरी प्रशासन मार्फत कोशीको खोल्न बाँकी ढोका खेल्न भनिसकेको बुझिएको छ।






















