९ सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि

हेटौडा टुडे
२० श्रावण २०७९, शुक्रबार १७:२२

हेटौडा । पछिल्लो २४ घण्टामा नौ सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार चार सय ९१ जनाको नमुना परीक्षण गर्दा नौ सय १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा तीन सय ७० जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । अहिले नेपालमा पाँच हजार सात सय ६० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*