क्विक २० होटलमा करेन्ट लागेर एक जनाको मृत्यु

हेटौंडा टुडे
२२ श्रावण २०७९, आईतवार १२:१९

हेटौंडा । हेटौंडा ४ स्थित क्वीक २० होटलमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुर(सिमरा उपमहानगरपालिका घर भई हाल होटलमा काम गर्दै आएका २० वर्षीय प्रदिप लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

शनिबार साँझ पार्टी प्यालेसको छतमा सुकाएको कपडा उठाउने क्रममा लामिछाने करेन्ट लागेर गम्भीर घाईते भएका थिए ।उनको उपचारको क्रममा गएराति हेटौंडा स्थित संचो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*