बसले अटोलाई ठक्कर दिंदा ३ जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ भाद्र २, बिहीबार १२:५७ गते

हेटौडा। बिहीबार बिहान रौतहटको चन्द्रपुरमा बसले अटो रिक्सालाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका अन्तरगत पूर्वपश्चिम राजमार्गको लच्कामा काठमाडौंबाट सर्लाही जाँदै गरेको बागमती प्रदेश ०३(००१ख२०१ नम्बरको बसले सर्लाहीबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २(०२(००१ह२१०९ नम्बरको अटो रिक्सालाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।अटोमा सवार रहेका चारमध्ये तीनजनाको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*