हेटौँडा । मकवानपुर प्रहरीले ठुलो परिणामको लागु औषध बरामद गर्नुका साथै दुईजनालाई हेटौँडाबाट पक्राउ गरेको छ । प्रहरीले लागु औषध नाईट्राभेट ४८० ट्याबलेट, पाईभन क्याप्सुल४८०,डाइलेक्स डिसि १ बोटल सहित २ जनालाई पक्राउ गरेको हो ।प्रहरीले विरगंजबाट हेटौडा तर्फ आउदै गरेको ना ३ ख ५५९३ नंबरको पेट्रोलियम पदार्थ लोड भएको ट्याङकरलाई रोकी जाँच गर्ने क्रममा लागु औषध सहित हेटौँडा ४ बस्ने प्रमेशकुमार श्रेष्ठ तथा हेटौँडा ५ बस्ने दिप पाण्डेलाई पक्राउ गरेको हो । प्रहरीले ना ३ ख ५५९३ नंबरको ट्याङकर समेत नियन्त्रणमा लिएको छ ।
सेयर गर्नुहोस्






















