कैलाश गाउँपालिकामा आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन

हेटौंडा टुडे
२०७९ भाद्र ९, बिहीबार १२:१८ गते

हेटौडा। कैलाश गाउँपालिका वडा नम्वर १० भाल्टारमा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले भवनको उद्घाटन गरेका हुन् । संघीय सरकारको ससर्त अनुदानबाट गाउँपालिकाले ३० लाख रुपैयाँमा ३ कोठे भवनको निर्माण गरेको हो । कार्यालयमा ड्रेसिङ कक्ष, ओपिडी, आकस्मिक सेवा, गर्भवती जाँच सेवा, खोप कार्यक्रम, पोषण सेवा र परिवार नियोजन सेवा प्रदान गरिने स्वास्थ्य सेवा केन्द्र प्रमुख रुबि कुमारी साहले जानकारी दिइन् ।

स्वास्थ्य केन्द्रमा एक अनमी र एक कार्यालय सहयोगी गरी ३ जना कर्मचारी रहेको उनले बताइन् ।दूर दराजका जनताको स्वास्थ्यमा पहुँच अभिवृद्धि गर्न चालु आर्थिक वर्षमा मात्रै गाउँपालिकाका विभिन्न वडामा ५ वटा आधारभूत स्वास्थ्य चौकि स्थापना गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले जानकारी दिए । उनले पालिकामा पूर्वाधार विकास, ग्रामिण विद्युतीकरण, खानेपानी, शिक्षा स्वास्थ्य रोजगार, कृषि क्षेत्रलगायतमा प्राथमिकताका साथ गाउँपालिकाले काम गरिरहेको बताए । उनले गाउँपालिकालाई स्थानीय बालमैत्री शासनयुक्त गाउँपालिका मंसिरभित्र घोषणा गर्ने गरी तयारी भइरहेको समेत बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*