एमालेका वडाध्यक्षले मकवानपुरको कैलाशमा स्थानीयलाई कुटेको आरोप

हेटौंडा टुडे
१० भाद्र २०७९, शुक्रबार १३:१३

हेटौंडा । मकवानपुरमा नेकपा एमालेबाट निर्वाचित एक वडाध्यक्षले स्थानीयलाई कुटेका छन्। सडक मर्मतका क्रममा बाटोमा माटो भरेको भन्दै कैलाश–६ का वडाध्यक्ष रामबहादुर गोम्बाले तीनजना स्थानीयलाई कुटपिट गरेको घटना बाहिरिएको छ। गैरीगाउँ–गोगने–पकनी–बैकुण्ठ सडक मर्मतको लागि कैलाश गाउँपालिकाले त्यसतर्फ डोजर पठाएको थियो । बर्षाले विग्रिएको बाटो सम्याउने र साँघुरो बाटो फराकिलो पार्ने क्रममा वडा नम्वर–५ का स्थानीय कुमार ढकालको जग्गामा पर्ने सडक फराकिलो बनाउँदा आलो माटोमा गाडीहरु फसेका थिए । यहि बिषयलाई लिएर वडाध्यक्षले स्थानीय सँग विवाद गर्दा सडकमा माटो फालेको भन्दै ढकाल र उनका छोरा मनोजलाई हातपात गरेको स्थानीयले आरोप लगाएका छन् । वडाध्यक्ष गोम्बाले बाबुछोरालाई हातपात गरेको देखेर छुटाउन गएका स्थानीय नितन बिष्टलाई पनि उनले कुटेको स्वयम बिष्टले जानकारी दिएका छन्।बाबुछोरा माथिनैं हातपात भएको देखेर छुटाउन जाँदा आफुमाथि पनि वडाध्यक्षले लात्ताले कुटेको नितनले बताए ।

कुटाई खाएका तीनै जना र स्थानीयको समुहसहित इलाका प्रहरी कार्यालय पालुङ पुगेर वडाध्यक्षविरुद्ध उजुरी दिन लागिएको पीडित बिष्टले बताएका छन्।
वडाध्यक्ष गोम्बाले बाटोमा माटो हालेको बिषयमा विवाद भई धकेलाधकेल भएको तर आफु कुटपिटमा नउत्रिएको बताएका छन्।आफ्नो वडातर्फ जाने गाडीहरु हिलो माटोमा फसेर रोकिएपछि वडावासिको आग्रहमा आफु त्यहाँ हेर्न आएको उनले बताए । सार्वजनिक बाटोमा यसरि माटो हाल्न मिल्दैन भन्दा स्थानीयहरुले आफुलाई अभद्र व्यवहार गरेको उनको भनाई छ ।यस विषयमा आफुले पनि कानूनी उपचार खोज्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*