हेटौडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरले मकवानपुर क्षेत्र नं १ को उम्मेदवारमा दिपकबहादुर सिंहको नाम सिफारिस गरेको छ । राप्रपा मकवानपुरको आइतबार बसेको जिल्ला कमिटीको बैठकले सिंहलाई उम्मेद्वार बनाउन सिफारिस गरेको हो । त्यस्तै, बैठकले मकवानपुर क्षेत्र नं। १ को ‘क’ लागि सागर थापा, ऋषिलाल श्रेष्ठ र भरत तिमल्सिनाको नाम सिफारिस गरेको छ ।यसैगरी, बैठकले मकवानपुर क्षेत्र नं। १ को ‘ख’ मा गुञ्जन बहादुर न्यौपाने, रामहरी न्यौपाने, अरुण लामा, कबिन्द्र भट्टराई, कल्पना लामा र सन्दिप सापकोटालाई उम्मेदवार बनाउन सिफारिस गरिएको छ । राप्रपा मकवानपुरले मकवानपुर क्षेत्र नं। २ को उम्मेदवार भने अर्को बैठकमा सिफारिस गरिने जनाइएको छ ।
सेयर गर्नुहोस्






















