राप्रपा द्वारा मकवानपुर गढि गाउँपालिकामा ज्ञापन पत्र

हेटौंडा टुडे
२०७९ भाद्र २३, बिहीबार १७:३९ गते

हेटौडा । मकवानपुर गढि गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानलाई राप्रपा मकवानपुरले आन्दोलनको चेतावनी सहित ज्ञापन पत्र बुझाएको छ । मकवानपुर गढि गाउँपालीकामा हाल भैरहेका गतिविधिहरुमा भ्रष्टाचारको गन्ध आउन थालेको , राजस्व चुहावट भैरहेको , राजस्व बुझाउन समेत सेवाग्राहिलाई झन्झट र सास्ति रहेको , पालिकामा आबश्यक ईन्जिनियर, वकिलहरु लगायतका कर्मचारी अभाव हुदा राजस्वमा घाटाको साथै सेवाग्राहि जनताले दुस्ख पाएको कुरा समेत मैखिक रुपमा ध्यानाकर्षण गराईएको बताईएको छ ।

कृषि फार्महरुमा राजस्व छुट हुनु पर्ने ।

कक्षा १२ सम्म निस्शुल्क शिक्षा हुन पर्ने ।

खनिज र खानि जन्य पदार्थमा २५५ गढि गाउँ पालिकाले जनताको बिकासमा रोयल्टी लिनु पर्ने ।

जोखिम व्यवस्थापनको समिति राप्रपा समेतको बनाउनु पर्ने ,आदि मुख्य मागहरु रहेका थिए ।

कार्यक्रममा जिल्ला उपाध्यक्ष अर्जुन प्रसाद गौतम, जिल्ला सह(कोषाध्यक्ष सन्दिप कुमार सापकोटा , बिधार्थि संगठन अध्यक्ष प्रकाश चौलागाईं , मकवानपुर गढि गाउँपालिका अध्यक्ष जयराम तिमल्सिना , युवक संगठन अध्यक्ष नवराज न्यौपाने लगायतका अगुवा नेताहरुको उपस्थितिमा मकवानपुर गढि गाउँ पालिका राप्रपा कार्यसमिति अध्यक्ष जयराम तिमल्सिनाले ज्ञापन पत्र बुझाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*