नेपाल चेपाङ संघको केन्द्रीय अध्यक्षमा गोविन्दराम चेपाङ निर्वाचित

हेटौंडा टुडे
२०७९ भाद्र २४, शुक्रबार १४:५९ गते

हेटौँडा । नेपाल चेपाङ संघको केन्द्रीय अध्यक्षमा संविधानसभा सदस्य गोविन्दराम चेपाङ निर्वाचित भएका छन् । चितवनमा सम्पन्न केन्द्रीय अधिवेशनले गोविन्दरामलाई अध्यक्षमा निर्वाचित गरेको हो । चितवनको भरतपुरमा भएको पाँचौ केन्द्रीय अधिवेशनमा नेतृत्वको लागि भएको निर्वाचनमा १ सय १२ मत ल्याएर मकवानपुरका गोविन्दराम विजयी हुँदा उनका प्रतिस्पर्धी चितवनकी सुनमाया चेपाङले ९२ मत प्राप्त गरेकि छिन् ।
संघको वरिष्ठ वरिष्ट उपाध्यक्षमा गोर्खाका बिलबहादुर चेपाङ, उपाध्यक्षमा धादिङकी सुमित्रा चेपाङ र महासचिवमा चितवनका सन्तबहादुर चेपाङ चयन भएकाछन् । त्यसैगरी दुई जना सचिवमा धादिङका सुरेन्द्र चेपाङ र चितवनका भरतलाल चेपाङ तथा कोषाध्यक्षमा गोरखाका आइतसिंह चेपाङ चयन भएका छन् । महाधिवेशनले ३० सदस्यीय कार्यसमिति चयन गरेको हो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*