हेटौडा। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा प्रदेशसभा चुनवा लक्षित गरेर नेपाली कांग्रेसले सुरु गरेको जनताको साथ नेपाली कांग्रेस अभियान मकवानपुरमा शुक्रबार एक कार्यक्रमकाबीच समापन गरिएको छ । पार्टीका संस्थापक एवम् पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालको जन्मजयन्तीको अवसर पोर अभियानको समापन गरिएको हो । कार्यक्रमकै अवसरमा महानाव विपी कोइरालाकाले नेपालको राजनितिमा पुर्याएको योगदानको बारेमा चर्चा समेत गरिएको थियो ।
उक्त अवसरमा बोल्दै नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले आगामी निर्वाचनमा नेपाली कांग्रेसले जिते मात्रै जनताको जित हुने भएकाले जनताको घर दैलोमा पुगेर कांग्रेस जिताउन लाग्नु पर्ने बताए । उनले अभियान सम्पन्न भएपनि कांग्रेस नेता कार्यकर्ता सधैं नेपाली जनताको घर आगनमै हुनुपर्ने बताए । सभापती लामाले कांग्रेसले जिते मात्र जनताको जित र देशको विकास सम्भव हुनेपनि बताए






















