हेटौडा । चितवनको माडीमा बाघको आक्रमणबाट एक वृद्वको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनूभयो । उनका अनुसार शनिबार भैँसी चराउन सामुदायिक वनमा गएका अधिकारीलाई बाघले आक्रमण गरेको थियो।
शनिबारदेखि हराएका अधिकारी आइतबार बिहान ८ः३० वजे मृत भेटिएका हुन्। शव मध्यवर्ती सामुदायिक वन अमिलियामा बाघले आक्रमण गरेको जस्तो देखिएको अवस्थामा भेटिएको छ। शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ।
सेयर गर्नुहोस्