जबरजस्ती करणीको आरोपमा मनहरीका सुनार पक्राउ

हेटौंडा टुडे
२०७९ भाद्र २७, सोमबार १०:०३ गते

हेटौडा। ललितपुरकी २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ३ मिलडाँडा घर भई हाल ललितपुरको बागमती गाउँपालिका–२ बगुवा बस्ने ३९ वर्षीय राजाराम सुनार रहेका छन् ।

उनलाई प्रहरी चौकी भट्टेडाँडाबाट आइतबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ती महिलालाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले सुनारलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*